Wednesday, March 8, 2017

Join Lower Dolpo Dhorpatan Trekking Nepal 2017

contact :

A tea shop near lake Phoksundo
Join this incredibly beautiful, adventurous and less tourist area of west Nepal lower Dolpo.  We, Three Jewels Adventures local guides owned trekking agency have been able to run trekking trips in lower Dolpo and Upper Dolpo in regular basis since last few years.  For coming September – October which are good months or season for trekking here in Dolpo, we have got one interested client looking to join a group of other trekkers to form small team for fun, safe and mutually benefiting trekking here.  Trekking itinerary posted here is combination of Lower Dolpo and Dhorpatan hunting reserve both visited by very few tourists every year.  Lower Dolpo – Dhorpatan trek starts at Juphal airport after 45 minutes' flight from Nepalgunj in a small aircraft.  First part  of the trek goes to famous lake Phoksundo or Phoksumdo then it becomes more adventurous trekking over Numala and Bagala passes.  After the passes trek descends to beautiful Dolpo village of Dhotarap.  Ending part of the trek goes over no man's land type wild areas to arrive in Dhorpatan and Jaljala alpine zones.  Then finally trek ends at road-head near Beni.  From Beni you come back to civilization of Pokhara or Kathmandu.  Dhorpatan – Dolpo combined trek is of 21 Days. 

Lower Dolpo and Dhorpatan Trekking Itinerary for 2017
Starting 15 September

Day 01. Kathmandu – Nepalgunj flight

Day 02. Nepalgunj – Juphal flight and 4 hours trek to Kagani

Day 03. Trekking Kagani to Rainchi

Day 04. Trekking Rainchi to Phoksundo Lake

Day 05 – 06. Explore the village,lake and monasteries. Be acclimatized for Altitude

Day 07. Half day trek to advance    base camp of Bagala

Day 08. Cross Bagala at 5169 meters and camp

Day 09. Cross Numala at 5300 meters and camp at  Dhotarap

Day 10. Rest

Day 11. Trekking Dhotarap to Newarpani

Day 12. Trekking Newarpani to Laini

Day 13. Laini to Sahartara

Day 14. Sahartara to Sen Khola

Day 15. Senkhola to Dhule

Day 16. Dhule to Pelma

Day 17. Pelma to Dhorpatan

Day 18. Short trek to Jaljala and rest for grand view next morning

Day 19. Jaljala to Muna (jeep meeting place)

Day 20. Return to Beni and to Pokahra (8 hours drive)

Day 21.  Onwards plan to return home or stay longer 



Sunday, November 27, 2016

Discovering Nepali Heritage Away From Nepal

"...Listen mighty king! This wonderful stupa is one that the Buddhas and Bodhisattvas of the all times have actually dissolved into and in which they abide….It's like a wish-granting jewel which automatically answers any prayer that is made to it."  Great Buddhist guru Padma Sambhava replying to King Thrisong Dechen of 8th century in Tibet; quoted from the history of great stupa (Bouddha).

Such are the praises found in the Buddhist scriptures about the historic Bouddha Stupa an iconic monument of Nepal, world heritage site declared by UNESCO and a principle pilgrimage site for Buddhist religious devotees from across the world.  In Buddhist countries stupa or chaitya is one of the most common monuments build for spiritual purposes; thus, we find them in everywhere built in different sizes and designs dating back to different periods of the history. 
Bouddha Stupa Renovated after the Earthquake of 2015

Bouddha stupa also called Jyarung Khasyor by Tamangs and Tibetans along with another historic stupa of Soyambhu has special value in spirituality of Mahayana Buddhism.  The stupa was not only visited by pilgrims of all levels from common people to royal families from different neighbouring countries from time to time, but its replicas were built in respective countries by the Buddhist rulers and their families. One of such replicas of Bouddha build in 18th century is believed to be in eastern Bhutan a place called Tashiyantse. Another one built in 17th century is recently renovated in Shey, Ladakh of Jammau and Kashmir state of India.  

Ladakh a remote western Himalayan land was an independent kingdom ruled by Buddhist kings from 9th century to 19th century before becoming the integral part of modern India. According to the sources found in leaflets and guide books, Ladakh's King Deldan Namgyal (1642-1694 AD) had requested King of Nepal to send a team of Nepali architects and craftsmen not only to build the replica of Boudha stupa near his palace in Shey but he also requested them to build a statue of Shakyamuni Buddha that still guard the ruined palace of Ladakh kings.  
Shakya Muni Buddha Inside Shey Palace, Ladakh
I had visited Shey palace several years ago and had seen the Giant Buddha Statue made of copper considered one of the largest metal Buddha status found in the entire Himalaya. Inside the shrine room of Buddha there was a small handwritten note displayed saying the statue was built by Nepali artists in request to Ladakhi king.  Looking down from the ruins of the palace one could gaze the view of a virtually vanished monument that still looked like small Bouddha stupa of Kathmandu.  I used to tell to my foreigner tourist friends that, the ruin resembled like a replica of Bouddha. However, I couldn't find resource to reconfirm it as even most local people seemed unknown about the forgotten monument. 
Nepali Workers Giving Hand in Renovation of  Replica Bouddha Stupa
I reached Ladakh once again in 2014 during the Kalachakra event and I found out exciting news that the stupa near the old palace is in the final state of its renovation with the help of foreigner volunteers.  And sure enough to my guess, the team involved in renovation had done enough research which affirmed, the stupa was originally built by Nepali architects in 1650s who were invited by the then king Deldan Namgyal.  Luckily, I had an opportunity to witness both the ongoing renovation and consecration puja for newly renovated stupa and very nice coincidence that the project team had found eight Nepali workers from west Nepal to give their hands on rebuilding the replica of their own heritage back in their home country. 

 View of Replica Bouddha Stupa Shey, Ladakh Before Renovation in 2004 

Tuesday, November 22, 2016

बुद्धि चित्त मालाको परिचय र महत्व About Buddhi Chitta Mala (Buddhi Chitta Prayer Beads)

— अम्बर बम्जन तामाङ

लामा बौद्ध धर्म (तिब्बती वा हिमाली बौद्ध मत) अन्तरगतका बौद्धमार्गी लामा (गुरु) तथा अन्य सर्वसाधारणले
बीच मा ओम युक्त मूल सहित को परम्परगत बुद्धिचित्त माला  
धर्म अभ्यास वा साधानाको क्रममा माला जप्ने  गर्दछन ।   यसरी आध्याम्कि अभ्यासका क्रममा उपयोग गरिने माला ठाँऊ, अभ्यासकर्ताको इच्छा र अभ्यास वा साधानाको प्रकृति अनुसार विभिन्न वस्तु जस्तै धातु, पत्थर, बृक्षफल, काठ, आदिबाट बनेको हुन्छ ।  यद्यपी लामा बौद्धशास्त्र र परम्पराले बुद्धिचित्तको फलबाट तयार गरिने जप  मालालाई सबोत्कृष्ठ भनि स्वीकारिएको छ ।  बुद्धिचित्तको  उद्गमस्थान काभ्रे पलाञ्चोक जिल्लाको तिमाल क्षेत्रका स्थानीयले बुद्धिचित्त भनी चिनाउने मालालाई लामाहरुले ठेङा माला भन्दछन ।  बोधिचित्त माला वा बोधि माला भन्नाले पनि उही बुद्धिचित्त मालालाई नै  बुझाउदद्धछ ।

लामा बौद्धमतको विकास तिब्बतमा भएको भएता पनि बुद्धिचित्त मालाको परम्परासंग नेपाल र विशेषत काभ्रेको तिमाल क्षेत्र नै किन जोडियो भन्ने विषय बुझ्नको लागि सो धार्मिक मतसंग सम्बन्धित ऐतिहासिक पक्षलाई बुझ्नु आवश्यक छ । तिब्बतमा बुद्ध धर्मको संस्थागत विकासको जग हाल्ने प्रमुख व्यक्ति आठौं शताब्दीका धर्मगुरु पद्म सम्भव (गुरु रिम्पोछे ः तिब्बती) हुन् । हिमाली क्षेत्रमा बुद्ध धर्मका प्रवर्तक उनलाई आदारस्वरुप दोश्रो बुद्ध (साङ्गे न्यीपा ः तिब्बती) पनि भन्ने  गरिन्छ । बुद्ध धर्मको विकास हुनु भन्दा अघि तिब्बत तथा बृहत हिमाली क्षेत्रमा बोन वा धामी झाक्रिकेन्द्रित धर्म व्याप्त थियो ।  भारतमा धर्मगुरुको रुपमा रहेका पद्म सम्भवलाई तिब्बतका राजा ठ्रि सोङ् देछेन् (इ. ७५६ —८०४) ले आफ्नो मुलुकमा व्यवस्थित धर्म विस्तार गर्न विशेष आमन्त्रण गरेका थिए ।  पद्म सम्भव आफैं भने तिब्बतमा प्रचलित वोन धर्मलाई पराजित गरि बुद्ध धर्म प्रतिस्थापन गर्न थप साधानाको आवश्यक्ता महशुस गरी नेपालका विभिन्न पवित्र स्थानमा ध्यानमा बसी थप ज्ञान र शक्ति प्राप्त गरेर मात्र तिब्बत गएका थिए ।  तिब्बत पुग्नु अघि नेपालका फर्पिङ, तिमाल, हलेसी जस्ता बौद्ध शक्तिपीठ हरुमा तपस्या गर्दै उनले १२ वर्ष विताएको र विभिन्न तहको सिद्धि प्राप्त गरेको उनको जीवनी पेमा कथाङमा उल्लेख गरिएको छ । तिब्बत पुगेर बुद्ध धर्मको प्रचार गर्नेक्रममा उनले बौद्ध माहायान मार्ग जो त्यस अघि नै नेपालको काठमाडौं उपत्यका, चीन, जापान आदि स्थानमा प्रख्यात भई सकेको थियो र उनी त्यही मार्गका गुरु थिए, कै अनुसरण गरेका थिए तर उनले तिब्बती वस्तुस्थितीलाई ध्यानमा राखि धर्म अभ्यासका क्रममा दया र करुणाका देवता अवलोकितश्वर (चेन्रेशि ः तिब्बती) को विषेश ध्यान, तप र जप गर्न जोड दिएका थिए ।  त्यसरी अवलोकितश्वरको साधाना गर्दा हातमा एक सय आठ दाना युक्त जप माला लिई विधिवत रुपले क्रमश गणना (स्पर्श) गर्दै प्रत्येक दाना स्पर्श गर्दा अवलोकितेश्वरको षडाक्षरी मन्त्र ॐ म णि  प द्मे हुँ जप्नु भनिएको थियो ।  सोहि अनुसार नै तिब्बती वा हिमाली क्षेत्रमा धर्म अभ्यासको क्रममा माला जप्ने परम्परा शुरु भएको देखिन्छ ।

जप माला धाराण गर्दा कुन प्रकारको धाराण गर्ने तथा त्यसबाट के कस्तो सिद्धि वा फल प्राप्त हुन्छ भन्ने विषयमा पनि पद्म सम्भवले धर्मोपदेशको क्रममा विस्तिृत रुपमा व्याख्या गरेका थिए ।  लामाहरुले धर्म व्याख्या तथा उपदेश दिंदा जप माला तथा त्यसको प्रयोगको प्रसंग सम्बन्धि जिज्ञासा उठ्दा गुरु पद्म सम्भवले निर्देश गरेको विधिहरु उल्लेख गर्दै त्यस्ता माला पत्थर, धातु वा बृक्ष फलको हुन सक्ने भएता पनि बुद्धिचित्तको बृक्षको फलको मालालाई उत्कृष्ट भनि मान्दछन् ।  माला जप गर्दा त्यसबाट प्राप्त हुने पुण्य सम्बन्धमा व्याख्या गर्दै फलामबाट बनेको माला जप्नाले सामान्य फल प्राप्त हुन्छ भने तामाबाट बनेको माला जप्नाले दुइ गुणा त्यस्तै मोतिबाट बनेको मालाबाट लाखौं गुणा र बुद्धिचित्त माला जप्नाले अनन्त गुणा बढी पुण्यफल प्राप्ति हुन्छ भनि लामाहरु विश्वास गर्दछन् ।  यस्तो पवित्र माला तयार गर्न मिल्ने फलको बृक्ष काँहा पाइन्छ भन्ने जिज्ञासामा पद्म सम्भवले आफू तिब्बत आउनु अघि ध्यान गरेको नेपालको तिमाल क्षेत्रमा मात्र सो माला पाइन्छ भनि आफ्ना अनुयायीहरुलाई भनेका थिए भन्ने किंवदन्ती पनी तिब्बत तथा हिमाली क्षेत्रका आम बौद्धमार्गीहरुमा प्रचलित छ ।

उल्लेखित इतिहास र परम्पराको आधारमै परापूर्व कालदेखि नै तिब्बत र हिमालय क्षेत्रमा बुद्धिचित्त वा ठेङा माला तिमालमा मात्र पाइन्छ भन्ने विश्वास थियो ।  यही विश्वासको आधारमा प्राचीनकालदेखि नै व्यपारीहरु तिब्बतदेखि काठमाडौं हुदै तिमालसम्मै पुगेर बुद्धिचित्त माला किनेर वा टिपेर लाने गर्दथे ।  बुद्धिचित्तको भाऊ आकाशिनु अघि केही वर्ष पहिलेसम्म काठमाडौंको बौद्ध तथा स्वयम्भु चैत्य क्षेत्रमा तिमालबाट ल्याइएको मालालाई पाथीमा भरेर पनि किनबेच गरिन्थ्यो ।

बुद्धिचित्त बनस्पती अन्यत्र कतै अस्तित्वमा नरहेको कुरा वैज्ञानिक खोज अनुसन्धानबाट समेत प्रमाणित भएको छ ।  राष्ट्रिय हर्वोरियम तथा बनश्पति प्रयोगशाला गोदावरीका विज्ञद्वय खेम राज भट्टराई र मित्र लाल पाठकले गरेको अनुसन्धानबाट जिजिफस् (बयर जातको बनश्पति) वर्गमा पर्ने बुद्धिचित्तको हालसम्म वनश्पतिजन्य अध्ययन श्रोतहरुमा रेकर्ड नगरिएको र त्यहि समूहको अन्य सहजातीय रुख विरुवाहरु पाइने नेपालको अन्य भाग, चीन, भारत, पाकिस्तान, बांगलादेश, भुटान लगायतका ठाँउहरुमा भेटिएको बनस्पती नेपालको तिमालमा पाइने बुद्धिचित्तसंग रुख, पात, फूल र फल कुनै आधारमा पनि मेल नखाएको तथ्य इण्डिया जर्नल अफ प्लान्ट एण्ड साइन्सको सन् २०१५ अप्रिल—जुन संस्करणमा प्रकाशित उहाँहरुको अनुसन्धनात्मक लेखमा उल्लेख छ ।  बुद्धिचित्तको रुख विरुवा अन्यत्र अस्तित्वमा नरहेको र त्यसको वैज्ञानिक नामाकरण र रेकर्ड नगरिएको आधारमा बुद्धिचित्त मालाको वैज्ञानिक नामाकरर्ण जीजीफस् बुद्देन्सिस् के आर भट्टराई एण्ड पाठक’ भनि रेकर्ड भएको पनि उक्त जर्नलबाटै थाहा हुन्छ ।

बुद्धिचित्तको एक मालामा प्रार्थना गर्दा औंलाले स्पर्श गर्ने १०८ दाना सहित बीचमा  एक केन्द्र माला हुन्छ जस्लाई सुमेरु वा चैत्यस्वरुप मानिन्छ । हिन्दु धर्मावलम्बी साधाकले प्रायोग गर्ने रुद्राक्ष वा धार्मक प्रयोजनका अन्य मालामा पनि विधिवत् १०८ नै दानाहरु हुनु पर्दछ ।  एक सय आठ संख्या नै हुनुको कारण बारे विभिन्न भनाई प्रचलित भएता पनि ब्यवहारिक र बढी स्वीकार्य मान्यता अनुसार संस्कृत वर्णमालामा रहेका ५४  अक्षरहरु हरेकको पुरुष र स्त्री तत्व (प्रकृति र पुरुष) विभाजन गर्दा १०८ हुन्छ र तेत्तिनै पटक मन्त्रोच्चारण गर्नाले सम्बन्धित प्रार्थना वा मन्त्रले पूर्णता पाउने हिन्दु विश्वास छ । त्यस्तै लामा बौद्ध मत अनुसारको मन्त्रहरु पनि संस्कृत मै मन्त्रोच्चारण गरिने हुदाँ सोहि विश्वास बौद्धहरुले पनि स्वीकारेको हुन सक्दछ ।  त्यस्तै जप मालाको प्रायोग गरी साधाना गरिने सबै भन्दा प्रीय देउता अवलोकितश्वरको विभिन्न स्वरुपहरु मध्ये १०८ रुपको संयुक्त साधाना वा प्रार्थना गर्दा त्यस्तो साधानाले पूर्णता पाउने विश्वास अनुसार पनि १०८ संख्यालाई बौद्धहरुले महत्व दिएको पाइन्छ ।

बुद्धिचित्त बाहेक विभिन्न थरी धातु र पत्थरको माला पनि उपयोग हुन सक्ने र ती तत्वहरुबाट माला बनाउदा आफूले चाहेको जस्तो आकार, प्रकार र रंगमा तयार गर्न सजिलो हुने भई बजारमा थरी थरी आकार्षक जप मालाहरु पाइने भएता पनि शास्त्रीय दृष्टिमा उत्कृष्ठ भनी स्वीकार्य बुद्धिचित्त मालाको महत्व घटेको छैन ।  नेपालको तिमालमा उद्गमस्थल रहेको र पछिल्लो समयमा देशको अन्य भागमा पनि उत्पादन हुन शुरु भएको माला विश्वका अन्य देशमा नपाइने भनि वैज्ञानिक रुपमा पनि प्रमाणित हुनु र अझ त्यसको वैज्ञानिक नाम पनि नेपाली मौलिक नाम स्वीकारिएकोले बुद्धिचित्त मालाको महत्वलाई थप बढाएको छ ।